४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य हालसम्मकै उच्च



१६ चैत । नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु. दुई हजार एक सयले वृद्धि भएको छ। लगातार उकालो लागेको सुनको मूल्य शुक्रबार झनै वृद्धि भएको हो।

बिहीबार प्रतितोला रु. एक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आजका लागि रु. एक लाख ३० हजार निर्धारण गरिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला रु. एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज रु. एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ।

यस्तै, चाँदीको मूल्य समेत वृद्धि भएको छ। बिहीबार प्रतितोला रु. एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज रु. एक हजार पाँच सय २५ पुगेको छ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ६ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।