१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


श्री लालीगुराँस सहकारीका बचतकर्तालाई अनलाइनमार्फत भरेर रकम फिर्ताको मागदाबी गर्न ३५ दिने सूचना



ललितपुर
१५ चैत । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले सहकारीमा गरेको बचत रकम काठमाडौं अनलाइनमार्फत भरेर रकम फिर्ताको लागि मागदाबी पेस गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आहवान गरेको छ ।
समितिले आज शुक्रबार सूचना प्रकाशित गरेर मागदाबी गर्न आह्वान गरेको हो ।
समितिका सूचना अधिकारी विष्णु गौत्तमले मागदाबी नगर्ने बचतकर्ताको पैसा फिर्ता नहुने ललितखबरसँग बताए । गौत्तमले भने,‘छुटेका बचतकर्ताहरुलाई फेरि सूचनामार्फत आह्वान हुनसक्छ । तर दाबी नै गर्नेको रकम फिर्ता हुँदैन ।’
सूचना अनुसार समितीको वेभसाइटमा गएर ३५ दिनभित्र बचतको फिर्ताका लाई मागदाबी पेस पर्ने हुन्छ ।
सहकारी विभागको सिफारिसमा २९ फागुनमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले लालिगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो भने गएको बैशाख ४ गते सहकारी कार्यालयबाट सरसामन ओर्सान सुरु गरेको खबर पाएपछि समितीबाट परिचालित प्रहरीले सहकारी कार्यालयलाई कव्जामा लिएर ताल्चा लगाएको थियो ।
सूचना अधिकारी गौत्तमका अनुसार समितीले सहकारीबाट कागजात कव्जामा नलिइएको जानकारी दिए ।
सूचनामा भनिएको छ, ‘स‘श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि यस समिति समक्ष लेखी आएको थियो । सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफूले पाउनु पर्ने रकमको यस समितिको वेबसाइटमा गई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनलाईन मागदावी आवेदन मार्फत स–प्रमाण दाबी पेस गर्नु आह्वान गरिएको छ ।’

 

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  २ : ३६ बजे