१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पुल्चोकस्थित श्रीलालीगुराँस सहकारीमा लफडा : सहकारी खारेजमा सदस्य, मुद्दा लड्दै व्यवस्थापन



ललितखबर
२० चैत्र । पछिल्लो समय पुल्चोकस्थित श्री लालीगुराँस सहकारीमा लफडा छ । बचत फिर्ता नगरेको भन्दै सदस्यहरु सरकारी निकायमा उजुरीपछि भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले श्री लालीगुराँस बहुउदेश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा गरिदियो । समस्याग्रस्त घोषणसँगै सहकारी खारेजीमा जाने भएको छ ।

 

सचिवमा नियुक्त सुरेन्द्र भण्डारी ।

तर सहकारी जोगाउन र कारोबार मिलाउन व्यवस्थापनको दौडधुप जारी छ । सहकारीमा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी मन्त्रालयको निर्णय विरुद्ध सवोच्च अदालत गएको छन् । उनले सविना केसीको वारेसनामा दिएर अन्तरिम आदेशको लागि रिट हाल पनिे सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन ।

यहाँ राजनीति भइरहेको छ । सहकारी खारेज गरेर प्रतिसोध साध्न केही मानिस लागेका छन् । व्यवस्थापनले काम गर्दा गर्दै हामीलाई कार्यालयबाट गलहत्याएर बाहिर निकालियो । अनि सहकारी बन्द गराइयो

समस्याग्रस्त सहकारी व्यवस्थापन समितीले मन्त्रालयको निर्देशनपछि बचतकर्ताको रकम फिर्ताका लागि दाबी पेश गर्न सूचना प्रकाशन गरिसकेको छ । समितीका सदस्यसचिव केशवप्रसाद पौडेल सवोच्च अदातलले अन्तरिम आदेश नदिएपछि सहकारीको व्यवस्थापन लिएर अघि बढाउन कुनै बाधा नरहेको बताउछन् ।
यद्यपी सवोच्च अदातलबाट मुद्दा अन्तिम किनारा नलागेसम्म समस्याग्रस्त सहकारीले निधक्क काम गर्ने अवस्था भने छैन । सवोच्चमा भण्डारीले मुद्दा हालेपछि झन् अन्योल बढेको छ ।

 

व्यवस्थापन मुद्दामामिला गर्नेतिर भन्दा पनि बसेर छलफल गरेर बचतकर्ताको पैसा फिर्ता गर्ने स्प्रष्ट कार्ययोजना पेश गरे हामीहरु सहकारी जिम्मा लगाउन तयार र छौं

सदस्यसचिव पौडेल सवोच्च अदातलले अन्तरिम आदेश नदिएपछि बाटो काम गर्ने बाटो खुलेको बताउछन् । पछिल्लो समय आफूहरु बचतकर्ताको बचत रकम र ऋणीको पहिचान सुरु गरेको उनले जानकारी दिए ।
सहकारीको बचतकर्ता दुई समूहमा
पछिल्लो समय समस्याग्रस्त घोषण भएपछि बचतकर्ता सदस्यहरु दुई समूहमा विभाजित भएका छन् । एक समूह समस्याग्रस्त घोषणापछि प्रकृयाम गएर बचत फिर्ता गराउन प्रयासरत छ भने अर्को समूह ओरेन्टललगायत सहकारी समस्याग्रस्त व्यवस्थापन कार्यालयले १० बर्षसम्म पनि पैसा फिर्ता नगरेको घटनापछि तर्सेको छ । ती समूहका सदस्यहरु श्री लालीगुराँसको व्यवस्थापन परिवर्तन गरेर सहकारीको समस्या सल्टाउन लागेको छ ।
गतबर्षको असार मसान्तपछि सहकारीले बचतकर्ताको रकम फिर्ता गरेको थिएन । लामो समयसम्म ५ हजार मात्रै फिर्ता गरेको सहकारीले माघ महिनादेखि ५ हजारसमेत फिर्ता दिएन ।

सहकारीको काम कारवाहीका सम्बन्धमा जानकारीका लागि पटक पटक ललितखबरले फोन सम्पर्क गर्दा प्रमुख कार्यकारी अधिकृत भण्डारीले फोन उठाएनन् ।
२०५६ सालमा दर्ता भएको यस सहकारीले राजधानीको नयाँसडक भक्तपुर र चापागाँउलगायत स्थानमा सदस्य काउण्टर खोलेर बचत र ऋण प्रवाह गरिरहेको थियो । सहकारीले विद्यालय, अस्पताल,डेरी र कृषि फाम समेत सञ्चालन गरिरहेको थियो । सहकारीले केही रकम जग्गामा समेत लगानी गरेको छ भने आर्थिक मन्दीसँगै जग्गामा लगानी गरिरहेका ऋणीले पैसा नतिरेपछि सहकारी चौतर्फ घेराउमा परेको हो । यही समय बचतफिर्ताको लहर चलेपछि सहकारीमा बचतकर्ताको पैसा झिक्नका लागि भीड लाग्ने गरेको थियो ।
व्यवस्थापन कार्यालयले श्रीलालीगुराँस सहित १७ वटा सहकारी समस्याग्रस्त घोषणापछि कारोबार फरफारक गरिरहेको छ ।
छलफलबाटै समस्या समाधान
समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयका सदस्य सचिव पौडेल भने सिइओलगायत श्री लालीगुराँसका व्यवस्थापनसँग छलफल गरेर विस्वासिलो वातावरण श्रृजना गर्नसके समस्या समाधान हुने बताउछन् । समस्याग्रस्त घोषणापछि सिइओ भण्डारीले कार्यालयमा केही कर्मचारी पठाएको तर आफू सम्पर्कमा नआएको जानकारी दिए । उनले भने, व्यवस्थापन मुद्दामामिला गर्नेतिर भन्दा पनि बसेर छलफल गरेर बचतकर्ताको पैसा फिर्ता गर्ने स्प्रष्ट कार्ययोजना पेश गरे हामीहरु सहकारी जिम्मा लगाउन तयार र छौं। उनले सहकारी ऐनमै समस्याग्रस्त घोषणापछि पनि लेखापरिक्षण गरेर पुन सञ्चालन हुनसक्ने अवस्था देखिए शेयर सदस्यहरुमध्येबाट अन्तरिक समिती गठन गरेर कारोबार सुरु गर्न दिनसक्ने बताउछन् ।
सहकारीको व्यवस्थापन समस्याग्रस्त घोषणापछि असन्तुष्ट
श्री लालीगुराँस सहकारीका व्यवस्थापन मन्त्रलयले हठात समस्याग्रस्त घोषणा गरेर खारेजीको प्रकृया सुरु गरेपछि व्यवस्थापन असन्तुष्ट बनेको छ । एक कर्मचारीले सहकारीले कार्यालय बन्द नगरेको, कारोबार सुचारु राखेको अवस्थामै कर्मचारी निकालेर सहकारीमा ताला लगाएको बताए । उनले भने, यहाँ राजनीति भइरहेको छ । सहकारी खारेज गरेर प्रतिसोध साध्न केही मानिस लागेका छन् । व्यवस्थापनले काम गर्दा गर्दै हामीलाई कार्यालयबाट गलहत्याएर बाहिर निकालियो । अनि सहकारी बन्द गराइयो ।’
गतफागुन २९ गते मन्त्रालयले समस्याग्रस्त घोषणा गरेपछि कार्यालयमा चैत्र ४ गते मात्रै बन्द गरेको थियो । व्यवस्थापन समितीले सहकारीको कार्यालयबाट सरसामान भने अझै लगेको छैन ।
समस्याग्रस्त व्यवस्थापन समितीका एक कर्मचारीले सहकारीको कार्यालयबाट सरसामान सारेको सूचनापछि कार्यालयमा ताल्चा लगाएको बताए ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ३ : ४९ बजे