२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य बढ्यो, बन्यो नयाँ कीर्तिमान



२६ चैत्र । आज सोमबार सुनको मूल्य बृद्धिसँगै मूल्यको नयाँ कीर्तिमान कायम गरेको छ।
सोमबार सुन मूल्य आइतबारको तुलनामा ६ सय रुपैयाँ र चाँदीमा १५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख ३६ हजार २ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुनको मूल्य १ लाख ३५ हजार ५५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

चाँदीको मूल्य आइतबार १ हजार ६७० रुपैयाँ प्रतितोला रहेकोमा सोमबार १ हजार ६८५ रुपैयाँ पुगेको छ।

यसअघि आइतबार सुनको मूल्यले अहिलेसम्मको उच्च हुँदै कीर्तिमान बनाएको थियो। आइतबार सुन तोलाको १ लाख ३५ हजार ६ सय रुपैयाँ थियो।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ५ : ५२ बजे