१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


टुँडिखेलमा मनाइयो घोडेजात्रा, घोडसवारहरुले प्रस्तुत गरे अश्वकला र युद्धकला(फोटोफिचर)



२६ चैत । काठमाडौँ उपत्यकाको प्रमुख पर्व घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडेजात्रा समारोह गरी घोडाका विभिन्न खेल कौशल प्रस्तुत गरेको छ । सैनिकहरूले घोडा दौडाएर विभिन्न खेल कौशल प्रस्तुत गरेको समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने सैनिकलाई पुरस्कृत पनि गरिएको थियो ।

समारोहमा राइड पास, ब्यानर डिस्प्ले, टांगन घोडा दौड, चार्जर घोडा दौड, नेपाली सेना र गैर सैनिकको साइकल दौड, शो जम्प, क्याभली राइड, टेण्ट पेगिङ, क्रस टेन्ट पेगिङ लगायतका घोडचढी कला देखाइएको थियो ।

त्यस्तै लान्स हिट प्याक, लान्स सुइरो र क्रिज, स्वर्ड एण्ड वाटरमेलन, रेन फ्री जम्त तथा महिला सिक्स वार, भल्टिङ एण्ड एक्रोब्याटिक्स तथा हर्ष पिटी, म्युजिकल राइड, क्रस कन्ट्री, पोनी ले डाउन ड्रिल, हंगेरियन पोस्ट र कम्बाइन्ड फायर जम्प पनि प्रदर्शन गरिएको नेपाली सेनाले जनाएको छ । समारोहमा डग शो अन्तर्गत विभिन्न रोमाञ्चक कला पनि प्रदर्शन गरिएको थियो ।

तस्बिरहरुः नेपाली सेना

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ५ : ०२ बजे