२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य आज पनि बृद्धि, नयाँ रेर्कड कायम



काठमाडौं
चैत २७ । नेपाली बजारमा सुनको भाउले लगातार तेस्रो दिन पनि नयाँ रेकर्ड कायम राख्न सफल भएको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि सोमबार सुनको भाउ प्रतितोला १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १६ सय ८५ रुपैयाँ कायम रहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ६ : ०९ बजे