३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्यमा ऐतिहासिक उचाईको रेकर्ड



 

३० चैत्र । यो वर्षको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा बृद्धि भई ऐतिहासिक उचाईको रेकर्ड कायम भएको छ ।
सुनचाँदी व्यावसायी संघका अनुसार शुक्रबार नेपानी बजारमा २ हजार ४ सय रुपैयाँ बृद्धि भई १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ ।

हिजो बिहीबार तोलामा जम्मा २ सय रुपैयाँ घटेको सुन शुक्रबार फेरि नयाँ उचाइमा पुगेको छ ।

हिजो प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामै ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७५० कायम भएको महासंघले जनाएको छ ।

२०८० सालभर सुनको मूल्यमा ४४ हजार रुपैयाँ वृद्धि भएको छ । २०७९ चैत ३० गते छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९९५ रुपैयाँ रहेको थियो ।

 

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ६ : ५२ बजे