२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


घट्यो अधिकांश वाणिज्य बैंकको ब्याजदर, हेर्नुहोस् कुनको कति ?



३० चैत । वैशाखका लागि अधिकांश वाणिज्य बैंकहरुले आफ्नो ब्याजदर घटाएका छन् । लगातार केही महिनायतादेखि ब्याजदर घटाउँदै आइरहेका वाणिज्य बैंकहरुमध्ये अधिकांशले वैशाखका लागि पनि ब्याजदर घटाएका छन् ।

वैशाखका लागि १३ वटा वाणिज्य बैंकहरुले आफ्नो ब्याजदर घटाएर सार्वजनिक गरेका छन् भने पाँच वटाले स्थिर राखेका छन् । त्यस्तै, दुई वटा बैंकले भने वैशाखका लागि आफ्नो ब्याजदर केही वृद्धि गरेका छन् ।

नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, सानिमा बैंक, एसबीआई बैंक, सिटिजन्स बैंक र एनआईसी एसिया बैंकले वैशाखका लागि ब्याजदर घटाएका छन् ।

यस्तै गरी, सरकारी बैंक कृषि विकास बैंकसहित स्ट्यान्डर्ड चार्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ब्याजदर स्थिर राखेका छन् । तर, एभरेस्ट बैंक र एनएमबी बैंकले भने चैतको तुलनामा वैशाखका लागि केही ब्याजदर बढाएका छन् ।

चैत महिनाका लागि औसत ५ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म ब्याजदर तोकेका बैंकहरुले वैशाखका लागि ०.१९ प्रतिशत विन्दुले ब्याजदर घटाउँदै ७.०६ प्रतिशत कायम गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ७ : २० बजे