१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


कतारलाई हराउँदै नेपालको लगातार दोस्रो जित



१ वैशाख । एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । शनिबार ओमानमा भएको आफ्नो दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो ।
कतारका कप्तान मोहम्मद तनवीरले अर्धशतकीय इनिङ खेले । उनले ३३ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ६३ रन बनाए । यस्तै मोहम्मद अनफले १८ बलमा ४ चौकाको सहयोगमा २३ रन बनाए भने कमरन खानले १३ बलमा १ चौका र १ छक्काको सहयोगमा १८ रन बनाए । अदनन् मिर्जाले ८ बलमा ४ चौकाको सहयोगमा १९ रन बनाउँदा हिमान्शु राठोड १८ बलमा २२ रन बनाउँदै अविजित रहे ।
यसबाहेक कतारका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले समान २-२ विकेट लिए भने अभिनाष बोहोरा र कुशल मल्लले समान १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले दीपेन्द्र सिंह ऐरीको विस्फोट ब्याटिङमा निर्धारित २० ओभरमा विकेट ७ गुमाएर २१० रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रले २१ बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै ६४ रनमा अविजित रहे । दीपेन्द्रले अन्तिम ओभरको ६ बलमा ६ छक्का प्रहार गरेका थिए । यस्तै आसिफ शेखले ५२ रनको अर्धशतकीय पारी खेले उनले ४१ बलको सामना गर्दै ६ चौका प्रहार गरे । कुशल मल्ले १८ बलको सामना गर्दै ३ छक्का र २ चौकाको सहयोगमा ३५ रन बनाएर आउट भए ।
कुशल भुर्तेलले ११ बलको सामना गर्दै २ चौकाको सहयोगमा १२ रन बनाएर आउट भए । कप्तान रोहित कुमार पौडेल १८ बनाउँदा सन्दीप जोरा ७ र गुलसन झाले ५ रनमा आउट भए । कतारका लागि हिमान्शु राठोड र मुसावर शाहले समान ३-३ विकेट लिँदा अमिर फारुकले १ विकेट हात पारे ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  २ : ४४ बजे