१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग ब्रेक थ्रु



३ वैशाख । नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग ब्रेक थ्रु भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् । मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत साउन २२ गते नै ब्रेक थ्रु भएको थियो ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । सुरुङबाट काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउजाउ गर्न सकिने आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ९ : ०२ बजे