२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपाल एसिया कपको दौडबाट बाहिरियो



७ वैशाख । साविक विजेता नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल यूएईसँग विकेटले पराजित भयो । योसँगै आगामी वर्ष हुने एसिया कप खेल्ने नेपालको सम्भावना पनि समाप्त भएको छ ।

नेपाललाई पराजित गरेको यूएई भने प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । नेपालले अब शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो हुने टोली फाइनल खेल्ने टोलीसँगै इमर्जीङ कपका लागि छनोट हुनेछ ।

शुक्रबारको खेलमा नेपालले दिएको १२० रनको लक्ष्य यूएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । यूएईका लागि आलिशान शराफुले अर्धशतकीय इनिङ खेले । उनले ४१ बलमा ४ चौका र २ छक्काको सहयोगमा अविजित ५५ रन बनाए । विष्णु सुकुमारनले २८ बलमा २८ रन जोडे भने कप्तान मोहमद वासिमले ११ र आसिफ खानले १० रन जोडे । सायद हैदरले १४ तथा आयन खानले ३ रन बनाए । नेपालका लागि गुल्शन झाले २ विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान १-१ विकेट लिए ।

 

त्यसअघि अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन मात्र बनाएको थियो । नेपालका सन्दीप जोरा बाहेक अन्य कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । नेपालका लागि सन्दीप जोराले अर्धशतकीय इनिङ खेले । उनले ४० बलमा ४ चौका र २ छक्काको सहयोगमा ५० रन बनाए । गुल्शन झाले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाए भने करण केसीले १२ बलमा २ छक्काको सहयोगमा १७ रन बनाए ।

यस्तै आसिफ शेखले ११ बलमा ८ रन, दीपेन्द्र सिंह एरीले ८ बलमा ५ रन बनाउँदा कप्तान रोहित पौडेलले १८ बलमा ५ रन बनाए । कुशल मल्लले ५ बलमा ३ रन, सोमपाल कामीले ३ बलमा २ रन, ललित राजवंशीले ३ बलमा २ रन तथा अभिनाश बोहोराले ३ बलमा १ रन बनाए । नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए । यूएईका लागि जुनइद सिद्धिकी, अली नासीर र बासिल हमीदले २-२ विकेट लिए ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ९ : ४५ बजे