२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


राज्यलक्ष्मी बनिन् उत्कृष्ट महिला चालक



ललितखबर
९ वैशाख । राजधानीमा सम्पन्न टायोटा वुमन्स ¥यालीको क्रममा राज्यलक्ष्मी शाक्य उत्कृष्ट महिला चालक घोषित भएकी छिन् ।
सडकमा सुरक्षित यात्रा मापदण्ड पुरा गरेको भन्दै राजधानीको चावहीलदेखि विभिन्न स्थान हुँदै गोकर्णसम्म ३० किलोमिटर दुरी पार गरेर भएको ¥यालीमा ५५ महिला चालक सहभागी भएका थिए ।
उनलाई आयोजक
आयोजक युनाइटेड ट्रेडर्स सिण्डिकेटका प्रमुख सुरज बैद्यले ५० हजार नगदसहित विभिन्न पुरस्कार अर्पण गरे ।
¥यालीमा सहभागी रिन्छेन लामा दोश्रो र स्वस्तिका महर्जन तेश्रो भए । उनीहरुले क्रमश ३० हजार र २० हजार नगद सहित विभिन्न पुरस्कार पाएका छन् ।
सहभागीहरुको मुल्याङ्कन तीव्र गतिको आधारमा नभई समयसिमा,सडक सुरक्षाका मापदण्ड र ट्राफिक नियम पालनालगायतका मापदण्ड पुरा गरेको आधारमा गरिएको आयोजकले जानकारी दिएको छ ।
कार ¥यालीमा सहभागीहरुको मुल्याङ्कन को जिम्मा नासालाई दिइएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ४ : ०६ बजे