२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


गोदावरी मेयरकप फुटबल प्रतियोगिताको विजेतालाई पाँच लाख नगद पुरस्कार



गोदावरी (ललितपुर)
१० वैशाख । गोदावरी नगरपालिकाको आयोजनामा पहिलो उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

यही वैशाख १५ गतेदेखि सुरुआत हुने प्रतियोगिताको विजेतालाई नगद पाँच लाख रुपैयाँ पुरस्कार दिइने भएको छ ।
प्रतियोगिताको उपविजेता टोलीलाई नगद पुरस्काररु तीन लाख प्राप्त गर्नेछन् ।
साथमा ट्रफी, मेडल र प्रमाणपत्र दिइने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
साथै प्रतियोगितामा अनुशासित टोलीलाई रु ५० हजार ‘म्यान अफ दी म्याच’ लाई रु ५० हजारका साथै उत्कृष्ट गोलकिपर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता प्रशिक्षकलाई रु २५ हजार नगद पुरस्कार प्रदान गरिने नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताउका छन् ।
गोदावरी नगरपालिकाद्वारा गोदावरी १० टाहाखेलस्थित खेलमैदानमा आयोजना हुने सो प्रतियोगितामा काठमाडौँको नौ स्थानीय तहको नौ, ललितपुरको चार स्थानीय तहको पाँच र भक्तपुरको एक स्थानीय तहबाट एक टोली सहभागिता रहनेछ ।
पत्रकार सम्मेलनमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन नगरमा खेल पर्यटनको विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।
सो अवसरमा नगर प्रवक्ता मिलन सिलवाल र प्रतियोगिता संयोजक निरोज बज्राचार्यले प्रतियोगिताका बारेमा जानकारी दिएका थिए । प्रतियोगिताका लागि गोदावरी नगरपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको बताइएको छ । बाँकी खेल प्रायोजन वापत प्राप्त हुने रकम खर्च गरिने बताइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ४ : ०३ बजे