२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


निरन्तर बढेको सुनचाँदीको मुल्य ह्वात्तै घट्यो



काठमाडौं
११ वैशाख । पछिल्लो समय नेपाली बजारमा निरन्तर रुपमा बढेको सून चाहीको मुल्य आज ह्वात्तै घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २७ सयले घटेर १ लाख ३५ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख ३८ हजार २ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३७ हजार ५५० मा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सोमबार चाँदी तोलाको १७ सय ५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : १५ बजे