२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


वेस्ट इन्डिज ए सँग खेल्ने नेपाली टिम घोषणा



१३ वैशाख । नेपालले वेस्ट इन्डिज ए सँग खेल्ने पाँच टी-२० खेलको सिरिजका लागि १६ सदस्य टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव र आकास चन्द रहेका छन् ।

वेस्ट इन्डिज ए टिम बुधबार नै काठमाडौं आइसकेको छ । नेपाल टुरमा आउने वेस्ट इन्डिज ए टिम- रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् ।

पाँच खेलको टी-२० सिरिज वैशाख १५ गते शनिबारदेखि शुरु हुँदैछ । नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते , चौथो खेल वैशाख २० गते र पाँचौ तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ७ : ०३ बजे