१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


दक्षिण ललितपुरका बाग्मती र कोन्ज्योसोम दुवै अन्तरपालिका मेयर कपमा पराजित



ललितपुर
१६ वैशाख । दक्षिण ललितपुरका बाग्मती र कोन्ज्योसोम दुवै ललितपुरको गोदावरीमा जारी अन्तरपालिका खुल्ला मेयर कपमा फुटवल प्रतियोगितामा पराजित भएका छन् ।
नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा आइतबार सम्पन्न खेलमा काठमाडौंका चन्द्रागिरी र नागार्जुनले ललितपुरका बाग्मती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकालाई हराउँदै अन्तिम आठमा स्थान पक्का गरेका हुन् ।
पहिलो खेलमा नागार्जुन नगरपालिकाले कोन्ज्योसोम गाउँपालिकालाई ३–० अन्तरले हराएको छ । नागार्जुनको जितमा रोजन माली, विकेस विँडारी र विशाल घलेले १–१ गोल गरेका हुन् ।
यो खेलको म्यान अफ दि म्याच सुसन धमला भए । उनलाई बाग्मती प्रदेशसभा सदस्य बालकुमारी विश्वकर्मा र नागार्जुनकी उपप्रमुख शुशिला अधिकारीले संयुक्त रुपमा ५ हजार नगद र ट्रफि प्रदान गरेका छन् ।
यस्त झ्यालुन्टार खेल मैदानमै सम्पन्न अर्को खेलमा चन्द्रागिरी नगरपालिकाले बाग्मती गाउँपालिकालाई १०–० को भारी अन्तरले हराएको छ ।
खेलको म्यान अफ दि म्याच भएका अविरल रिजालले सर्वाधिक ४ गोल गरे । यस्तै कप्तान समिर केसीले ३ गोल गर्दा आयुषमान श्रेष्ठ, दावा नोर्बु शेर्पा र रुजित पुडासैनीको नाममा थप एक–एक गोल रह्यो ।
बाग्मतीले पहिलो हाफमा ५ गोल र दोस्रो हाफमा पनि थप ५ गोल नै खाएको थियो ।
म्यान अफ दि म्याच भएका रिजाललाई ट्रफि र चेक बाग्मती गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले हस्तान्तरण गरे ।
चन्द्रागिरी र नागार्जुनबीचको क्बार्टर फाइनल खेल आगामी बैशाख २१ गते दिउँसो साढे १२ हुनेछ ।
यसअघि गोदावरी नगरपालिकालाई पेनाल्टिमा ४–२ ले हराउँदै महालक्ष्मी नगरपालिकाले क्बार्टरफाइनलमा दक्षिणकाली नगरपालिकासँगको भेट पक्का गरिसकेको छ ।
उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।
सोमबार प्रतियोगितामा एउटा मात्र खेल हुँदैछ । ३ बजे हुने खेलमा मध्यपुर ठिमी र टोखा नगरपालिका भिड्नेछन् ।
प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपियाँ पुरस्कार प्रदान गरिने छ ।
यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
चन्द्रागिरी नगरपालिका र नागार्जुन नगरपालिका गोदावरी नगरपालिकामा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा भिड्ने भएका छन् ।

 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : १९ बजे