८ जेष्ठ २०८१, मंगलबार | Wed May 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


गोदावरी मेयर कपमा कीर्तिपुरको जित, तारकेश्वर पराजित



ललितपुर
१८ वैशाख । ललितपुरको गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगितामा कीर्तिपुर नगरपालिकाले जित हात पारेको छ भने तारकेश्वर नगरपालिका पराजित भएको छ ।

जीतसँगै कीर्तिपुर क्बार्टरफाइनलमा प्रबेश गरेको छ ।
गोदावरी नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा मंगलबार सम्पन्न खेलमा तारकेश्वर नगरपालिकालाई ५–० गोल अन्तरले हराउँदै कीर्तिपुरले अन्तिम आठमा स्थान बनाएको हो ।
खेलको क्रममा कीर्तिपुरका लागि यमन मर्हजनले ह्याट्रिक गरे भने थप २ गोल इन्द्र बहादुर बस्नेतको नाममा रह्यो ।
यमनले खेलको ९ औँ, २५ औँ र ४६ औँ मिनेटमा गोल गर्दा इन्द्रले ५६ औँ मिनेट र ७० औँ मिनेटमा गोल गरे ।
ह्याट्रिक गरेका कीर्तिपुरका यमन मर्हजन खेलको म्यान अफ दि म्याच भए । उनलाई तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि मर्हजनले ट्रफि र ५ हजार नगदको चेक हस्तान्तरण गरे ।
जितसँगै सेमिफाइनल प्रवेशका लागि कीर्तिपुरले मध्यपुर थिमि नगरपालिकासँग बैशाख २२ गते दिउँसो ३ बजे प्रतिस्पर्धा गर्ने भएको छ ।
मध्यपुर थिमि सोमबार टोखा नगरपालिकालाई हराएर क्बार्टरफाइनलमा पुगेको हो ।
प्रतियोगितामा कीर्तिपुरसँगै मध्यपुर थिमि नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिणकाली नगरपालिका क्बार्टरफाइनलमा पुगीसकेका छन् ।
उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् । यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ४ : १० बजे