८ जेष्ठ २०८१, मंगलबार | Wed May 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


डिजेल र मट्टीतलको मूल्य घट्यो, पेट्रोलको यथावत



१८ वैशाख । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटरमा दुई-दुई रुपैयाँ मूल्य घटाएको हो ।

भारतीय आयल कर्पोरेसनबाट आएको नयाँ मूल्यसूचीअनुसार निगमले केही पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको हो । नयाँ मूल्यसँगै पहिलो बर्गमा डिजेल-मट्टीतेलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, दोस्रो बर्गमा १५८ रुपैयाँ र तेस्रो बर्गमा १५९ रुपैयाँ कायम हुने निगमले उल्लेख गरेको छ ।

हवाई इन्धनमा आन्तरिकतर्फ प्रति लिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर ७ डलर वृद्धि गरिएको निगले विज्ञप्तिमा उल्लेख गरेको छ । तर पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ४ : ३७ बजे