४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


अण्डाको मूल्य घट्यो



२० वैशाख । नेपाल लेयर कुखुरापालक संघले अण्डामा नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । संघको बुधबार बसेको बैठकले बिहीबारदेखि लागू हुनेगरी नयाँ समर्थन मूल्य निर्धारण गरेको हो ।

बैठकले देशभर अण्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको छ । संघका अनुसार नयाँ मूल्य मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ पर्नेछ । यस्तै, ठूलो अण्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ पर्नेछ । यसअघि संघले मध्यम अण्डाको प्रतिक्रेट ३७५ रुपैयाँ, ठूलो अण्डाको प्रतिक्रेट ३९० रुपैयाँ र सबैभन्दा ठूलो अण्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ निर्धारण गरेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ७ : ४१ बजे