४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ब्यान्डविथको पैसा नतिर्दा इन्टरनेट अवरुद्ध



२० वैशाख । नेपालको इन्टरनेट कम्पनीका सेवामा अवरोध आएको छ। भारतको एयरटेलले लामो समयदेखि भुक्तानी नपाएपछि इन्टरनेसनल ब्यान्डविथ प्रोभाइडर डाउन गरेको हाे ।
सरकारले डलर सटही नगरेसम्म इन्टरनेट डाउन नै हुने बताइएकाे छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मर्मतसम्भार शीर्षकअन्तर्गतको बक्यौता नतिरेको भन्दै विगत ९ महिनादेखि विदेशी मुद्रा सटही सिफारिस गरेको छैन। तर इन्टरनेट सवा प्रदायकहरुले मर्मतसम्भार गैरदूरसञ्चार सेवा भएको दाबी गर्दै आएका छन्। यसबारे कुनै बेरुजु नरहेको उनीहरुको दाबी छ।

केही समय अगाडिदेखि इन्टरनेट सेवा प्रदायक संस्था (आइस्पान)ले सरकारले विदेशी मुद्रा सटही नगरेकाले ब्यान्डविथको रकम तिर्न नमिल्दा इन्टरनेट हुने चेतावनी दिएको थियो।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ३ : ५० बजे