५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपाल सिरिजको अन्तिम खेलमा विजयी



२२ वैशाख । नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्ट इन्डिज ‘ए’लाई ६ विकेटले पराजित गरेको छ । पाँच खेलको सिरिज भने वेष्टइन्डिजले ३-२ ले जित्न सफल भयो । १७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय इनिङ खेले । आसिफ शेख ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाउँदै आउट भए । अनिल शाहले ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ रन बनाए । कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे ।

ओपनर कुशल भुर्तेललाई १३ रन बनाए । दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए । ओबेद म्याककोयले ३ र म्याथ्यु फर्डले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७२ रन बनाएको थियो । वेस्ट इन्डिज ‘ए’का लागि एलिक एथानाजेले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २९ बल खेल्ने क्रममा एक चौका र तीन छक्का प्रहार गरे ।

यस्तै रोस्टन चेसले ३३ रन बनाए । उनले २१ बल खेल्ने क्रममा पाँच चौका हाने । जोनसन चाल्र्सले २४, म्याथ्यु फर्डले २३, कदीम एलियनले ११ र मार्क दयालले ११ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र सागर ढकालले तीन तीन तथा अभिनाश बोहराले एक विकेट लिए ।

 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १० : ०८ बजे