५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


काठमाडौं महानगर र मध्यपुर थिमि गोदावरीमा मेयर कपको सेमिफाइनलमा



 

ललितपुर 
२२ वैशाख । काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यका ब्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेका छन् ।
शनिबार गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा सम्पन्न क्बाटरफाईनल खेलमा कीर्तिपुर नगरपालिकालाई ५–४ गोल अन्तरले हराउँदै मध्यपुरले अन्तिम चारको टिकट काटेको हो ।
मध्यपुरका लागि दिपक बासानले २ गोल गर्दा कप्तान यमन राजबाहाक, रोहन खड्गी र सुदर्शन श्रेष्ठले एक–एक गोल गरे ।
खेलको चौथो र ५४ औँ मिनेटमा गोल गरेका दिपक खेलको म्यान अफ दि म्याच भए । उनलाई फिफा रेफ्रि नवीन्द्र मर्हजनले आयोजकका तर्फबाट ५ हजार नगद र ट्रफि हस्तान्तरण गरे ।
प्रतियोगिता आफ्नो ब्यक्तिगत गोल संख्या ४ पु¥याएका मध्यपुरका रोहनले खेलको ५८ औँ मिनेटमा गोल गर्दा कप्तान यमनले ६० औँ मिनेटमा गोल गरेका थिए ।
खेलको ४१ औँ मिनेटमा मध्यपुरका खेलाडीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टिमा सुर्दशनले गोल गरेका थिए ।
राम्रो खेल्दा खेल्दै पनि पराजित भएको कीर्तिपुरका लागि यमन महर्जनले ह्याट्रिक गरे । उनको यो प्रतियोगितामा दोस्रो ह्याट्रिक हो ।
यसअघि उनले तारकेश्वर नगरपालिका विरुद्धको खेलमा पनि ह्याट्रिक गरेका थिए ।
यमनले खेलको ४३ औँ, ६६ औँ र ८२ औँ मिनेटमा गोल गरे । शनिबारको खेलमा कीर्तिपुरका लागि अर्को एक गोल सन्जोग महर्जनले खेलको ८१ औँ मिनेटमा गरे ।
खेलको ६० मिनेटसम्म ४–१ को अग्रता लिएको मध्यपुरलाई त्यसपछि एकपछि अर्को गोल गर्दै ८२ मिनेटमा पुग्दा स्कोर अन्तर कीर्तिपुरले ५–४ मा घटाएको थियो ।खेलको उत्तरार्दमा कीर्तिपुरले मध्यपुरलाई निकै दबाबमा राखेको थियो ।
शनिबार नै भएको अन्तिम क्बार्टरफाईनल खेलमा आयोजक गोदावरी नगरपालिकाको बि टिमलाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं महानगरपालिका प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
काठमाडौंका लागि दुबै गोल राज पौडेलले गरे । खेलको २० औं र ६५ औं मिनेटमा गोल गरेका राज खेलको म्यान अफ दि म्याच भए । उनलाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले ५ हजार नगदको चेक र ट्रफि हस्तान्तरण गरे ।
पराजित गोदावरीका लागि खेलको ९० औँ मिनेटमा राजन मर्हजनले एक गोल फर्काए ।
दोस्रो हाफको अन्त्यतीर गोदावरीले काठमाडौंलाई केही दबाबमा राखेपनि अन्ततः थप गोल हुन नसकेपछि आयोजकको दोस्रो टिम पनि बाहिरिएको छ ।
यसअघि गोदावरी टिम ए महालक्ष्मी नगरपालिकासँग पहिलो खेलमै पराजित भएको थियो ।

मंगलबार सेमिफाइनलका दुबै खेल
शनिबार क्बार्टरफाइनलका खेल सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ ।
आगामी बैशाख २५ गते मंगलबार दिउँसो साढे १२ बजे काठमाडौं महानगर र मध्यपुर थिमिबीच पहिलो सेमिफाइनल हुनेछ ।
यसैगरी दिउँसो साढे ३ बजे चन्द्रागिरी नगरपालिका र महालक्ष्मी नगरपालिकाबीच दोस्रो सेमिफाइनलको खेल हुनेछ ।
दक्षिणकाली नगरपालिकालाई २–० ले हराउँदै महालक्ष्मी नगरपालिकाले अन्तिम चारमा स्थान बनाएको हो ।
चन्द्रागिरी नगरपालिकाले नागार्जुन नगरपालिकालाई ४–० को अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश पाएको हो ।
उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् । यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ३ : ०७ बजे