१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सन्दीप लामिछानेको निलम्बन फुकुवा



२ वैशाख । बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बुधबार बलात्कार मुद्दामा सफाइ दिएलगत्तै बुधबार नै क्यानले उनको निलम्बन फकुवा गरेको हो ।

निलम्बन फकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन् । ‘सम्मानित उच्च अदालत पाटनको बुधबारको फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुंदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौ’, क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  १ : ३० बजे