१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सन्दीपलाई अमेरिकाले फेरि दिएन भिसा



१७ जेठ । क्रिकेटर सन्दीप लामिछानेले टी-२० विश्वकप क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । अमेरिकाले भिस दिन अस्वीकार गरेपछि उनले विश्वकप गुमाउने निश्चित भएको हो ।

बिहीबार काठमाडौंस्थित अमेरिकी दूतावासमा सन्दीप भिसाका लागि अन्तर्वार्ता दिन गएका थिए । तर उनलाई दूतावासले यसपटक पनि भिसा दिएन ।

यसअघि पनि टी-२० विश्वकप क्रिकेट खेल्न जानका लागि उनले दिएको आवेदन अमेरिकी दूतावासले अस्वीकार गरेको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो ।

सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो । जुन २ तारिकदेखि अमेरिका र वेस्ट इन्डिजमा टी-२० विश्वकप आयोजना हुँदैछ । नेपालले जुन ४ तारिकमा नेदरल्याण्ड्सविरुद्ध खेल्दै विश्वकपको शुरुवात गर्नेछ । विश्वकपका लागि नेपाली टोली यसअघि नै अमेरिका गइसकेको छ ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ११ : ४७ बजे