१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


क्रिकेट विश्वकपः आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै



२२ जेठ । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आफ्नो पहिलो खेल नेपालले आज खेल्दैछ ।

समूह’डी’ मा रहेको नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सबीचको खेल अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा हुनेछ ।

खेल नेपाली समयअनुसार राति ९:१५ बजेबाट हुने तालिका रहेको छ । सन् २०१४ मा पहिलोपटक टी-ट्वान्टी क्रिकेट विश्वकप खेलेको नेपालले १० वर्षपछि दोस्रो पटक विश्वकप खेल्न लागेको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ३ : ५९ बजे