१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेदरल्यान्ड्सविरुद्धको खेलअघि सन्दीपले दिए नेपाली टोलीलाई शुभकामना



२२ जेठ । अमेरिकाले भिषा (प्रवेशाज्ञा) दिन अस्वीकार गरेपछि विश्वकप खेल्नबाट बञ्चित भएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले नेदरल्यान्डविरुद्धको खेलअघि नेपाली टोलीलाई सफलताको शुभकामना दिएका छन् ।

टी–२० विश्वकपको नवौँ संस्करणमा नेपालले मंगलबार राति नेदरल्यान्ड्सको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार, राति २१ः१५ बजे सुरु हुनेछ । अमेरिकामा नेपाल र नेदरल्यान्ड्सबिचको खेल सुरु हुनुभन्दा करिब चार घन्टाअघि सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत टोलीलाई सफलताको शुभकामना दिएका हुन् ।

उनले विश्वकप यात्रामा होमिएका नेपाली खेलाडीलाई सफलताको शुभकामना दिँदै भनेका छन्, ‘उत्कृष्ट प्रदर्शनका लागि मेरो शुभकामना छ । प्रतियोगितामा तपाइँहरु उत्कृष्ट प्रदर्शन गर्नुहोस् । नेपालको गौरव बढाउनुस् । जय नेपाल ।’

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  १२ : ५९ बजे