८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


टी–२० विश्वकपः शनिबार बिहानैदेखि नेपाल र दक्षिण अफ्रिकाबीचको खेल



काठमाडौँ
३२ जेठ । नेपालले टी– २० विश्वकप अन्तर्गत भोलि शनिबार बिहान दक्षिण अफ्रिकासँग खेल्दै छ ।

समुह डी अन्तर्गत नेपालले भोलि बिहान नेपाली समय अनुसार ५ः १५ बजेदेखि दक्षिण अफ्रिकासँग खेल लागेको हो । यो खेल सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा हुदैछ ।

जारी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले तीन खेलमा लगातार जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ ।
दक्षिण अफ्रिकाले यस अघि श्रीलंका, बंगलादेश र नेदरल्याण्डसलाई पराजित गरेको थियो । त्यस्तै नेपालले भने पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने श्रीलंकाविरुद्धको दोस्रो खेल बर्षाले रद्ध हुदा अंक बाँडेको थियो ।
नेपालका लागि सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस खेलमा हार बेहोरेमा नेपाल सुपर आठमा पुग्न असफल हुने छ ।

दक्षिण अफ्रिका र नेपाल सिनियर तहमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेका छन् ।

प्रकाशित मिति : १ असार २०८१, शुक्रबार  ४ : २९ बजे