८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


आईसीसी टी२० विश्वकप : दक्षिण अफ्रिकाले नेपाललाई दियो १ सय १६ रनको लक्ष्य



काठमाडौं
१ असार । दक्षिण अफ्रिकाले आईसीसी टी२० विश्वकप २०२४ मा नेपाललाई ११६ रनको लक्ष्य दिएको छ

दुई स्पिनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङपछि अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनायो ।

सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण ओपनर रिजा हेन्ड्रिक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाए ।

ओपनर क्विन्टन डि कक १०, एडेन माक्ररम १५, हेनरिक क्लासेन ३, डेविड मिलर ७ र ट्रिस्टन स्टब्सले २७ रन बनाए । नेपालका कुशल भुर्तेलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए ।

 

प्रकाशित मिति : २ असार २०८१, शनिबार  १ : २४ बजे