८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


दक्षिण अफ्रिकासँग हार व्यहोरेपछि कप्तान रोहितले भने,‘नेपाली टोलीप्रति गर्व छ’



१ असार । आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत नेपाल दक्षिण अफ्रिकासँग पराजित भएको छ ।
शनिबार सेन्ट भिसेन्टको किंग्सटाउनस्थित आर्नोल भेल रंगशालामा दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल एक रनले पराजित हुन बाध्य भयो। जित नजिक पुगेर पनि खेल गुमाउन पुगेको नेपालका कप्तान रोहितकुमार पौडेलले नेपाली टोलीप्रति गर्व गर्ने बताएका छन्।
‘नेपाली टोलीप्रति गर्व गर्छु,’ रोहितले खेलपछि भने, ‘विशेषगरी हामीले दक्षिण अफ्रिकाविरुद्ध राम्रो बलिङ र ब्याटिङ ग¥यौं।’
खेलमा टस जितेर पहिले बलिङ रोजेको नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमै रोकेको थियो। कप्तान रोहितले शुक्रबार विकेट हेरेपछि ‘स्लो विकेट’ देखेर पहिले बलिङ गरेको बताए।

‘हिजो विकेट हेरेपछि स्लो विकेट हुन्छ भन्ने लागेको थियो,’ रोहितले भने, ‘जब हामी बलिङ गरिरहेका थियौं, विकेटले हाम्रा स्पिनर मद्दत गरिरहेको थियो। त्यसैले हामीले स्पिनरलाई प्रयोग ग¥यौं।’

उनले जित नजिक पुगेर हार्दा दुख लगेको बताए। तर उनले दक्षिण अफ्रिकाविरुद्ध राम्रो ‘फाइट’ गरेको बताए।
‘हामी जितको धेरै नजिक पनि पुग्यौं। हामीले धेरै राम्रो फाइट गर्न सक्यौं,’ उनको भनाइ छ।

प्रकाशित मिति : २ असार २०८१, शनिबार  ५ : ३६ बजे