४ श्रावण २०८१, शुक्रबार | Fri Jul 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई क्यानले ‘ए’ श्रेणीमा राख्ने



२१ असार । नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई आगामी पाँच महिनाका लागि केन्द्रीय सम्झौताको ‘ए’ श्रेणीमा राख्ने निर्णय गरेको छ ।

क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि ३० राष्ट्रिय क्रिकेटरलाई केन्द्रीय सम्झौतामा समेटेको थियो । तर, त्यसबेला बलात्कार मुद्दाका कारण निलम्बित बनेका सन्दीप भने सम्झौताका अटाएका थिएनन् ।

सन्दीपलाई ‘ए’ श्रेणीमा राख्ने निर्णय गरेसँगै क्यान केन्द्रीय सम्झौताको शीर्ष श्रेणीमा खेलाडी संख्या सात पुगेको छ । यसअघि क्यानले कप्तान रोहितकुमार पौडेल, आसिफ सेख, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल गरी ६ जनालाई ‘ए’ श्रेणीमा राखेको थियो ।

प्रकाशित मिति : २२ असार २०८१, शुक्रबार  १२ : २० बजे