९ असार २०८२, सोमबार | Mon Jun 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


पाँचखालमा आईचर गाडी दुर्घटना, चालकको मृत्यु



सो सवारीसाधन अनियन्त्रित भई सडकबाट करिब ७० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना भएको थियो

११ असोज । काभ्रेमा भएको सवारी दुर्घटनापछि चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काभ्रेको पाँचखाल नगरपालिका–५ सईतिस किलो केराघाँरीस्थित सडकमा धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा.५ ख १२८१ नम्बरको आईचर गाडी दुर्घटना भएको हो ।
सो सवारीसाधन अनियन्त्रित भई सडकबाट करिब ७० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सिन्धुली मरिण गाउँपालिका–१ बस्ने २८ वर्षीय रमेश ठाडाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ११ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।