२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा



काठमाडौँ
२४ असोज । विराटनगरबाट जनकपुरका लागि उड्ने क्रममा रहेको बुद्ध एयको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर (आपतकालिन ढोका) खोलेपछि विमानस्थलका सुरक्षामर्कीलाई जिम्मा लगाइएको छ । ।
बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्रकुमार कर्णका अनुसार आज बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ५०५ विमान भिजिबिलिटी कमजोर हुदाँ जनकपुर विमानस्थलमा अवतरण हुन नसकेपछि विराटनगर विमानस्थलमा अवतरण गरिएको थियो ।
आपतकालिन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृतरूपमा यात्रुलाई जानकारी गराएका हुन्छन् । आपतकालिन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पु¥याउँछ ।
जनकपुरको मौसममा सुधार भएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमान ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा विमानको ती यात्रुले विमानको इमरजेन्सी ढोका नजिकै बसेका यात्रुले खोलेका थिए । उक्त घटनापछि चालक दलले विमान पार्किङ–वे मै फर्काएका थिए । उक्त विमानको प्राविधिक जाँच पछि नियमित उडानमा रहेकोे बुद्ध एयरले जनाएको छ ।
यस्ता घटनाले उडान सुरक्षामा खलल पु¥याउने यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाइएको छ ।
विगत केही साता यता यात्रुले विमानका इमरजेन्सी ढोका खोलेका घटना सार्बजनिक भएका छन् । गत अक्टोबर २ तारिखका दिन विराटनगरबाट काठमाडौँ उडानमा र ७ अक्टुबरका दिनमा नेपालगञ्जबाट काठमाडौँ उडानमा पनि यात्रुले इमरजेन्सी ढोका खोलेका थिए । यसले उडान प्रक्रियालाई नै अवरुद्ध गरी उडान तालिकालाई थप प्रभावित बनाएको कम्पनीले जनाएको छ ।
हवाई उडानमा खलल पु¥याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरी जन्मकैदसम्म सजायँ हुने प्रावधान छ । उडान सुरक्षामा अनाहक खलल पु¥याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ४ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।