२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र समिक्षा : कमी कमजोरीकाबीच ‘राम्रो’ चलचित्र ‘ज्वाईं साप’



ललितखबर
३० असोज ।  नेपाली चलचित्र पछिल्लो समय करोडौं खर्चेर बन्न थालेका छन् । चलचित्र प्रर्दशन हुने देशका एक दर्जन शहर र ओभरसिजको सिमित बजारमा प्रर्दशन हुने नेपाली चलचित्रलाई लगानी उठाउन हम्मे पर्छ ।
गतकात्र्तिक २४ गतेबाट सानो लगानीमा निर्माण भएको चलचित्र ‘ज्वाई साव’ प्रर्दशनमा आएको छ । हिन्दुहरुको महान पर्व दशैंको छेकोमा दर्शकको साथ पाइरहेको यस चलचित्रको चर्चा पनि उत्तिकै छ । फरक र रोचक सामाजिक विषयबस्तु हास्य र कलाकारहरुको बाहुल्य रहेको चलचित्र ‘ज्वाई साव’ एउटा चर्चायोग्य चलचित्रको रुपमा दरिएको छ ।
कथासार 
लक्काजवान गोबद्र्धन (जितु नेपाल) आफ्नो वाबुसँग बस्छ । एक दिन वाबुले विवाहको निम्ता बाढ्न पठाए । गोबद्र्धन आफ्नै विवाह सम्झेर फुरुङ बने, तर वावुले ३ छोराछोरी भएकी महिलालाई भित्राए । गोबद्र्धनको बाबुसँग मनमुटाव भयो । अनि रेडियोमा घरज्वाईंको विज्ञापन सुनेर घरज्वाई बस्न भिमफेदी हानिए ।
भिमफेदीका भिमसेनदास (रमेश बुढाथोकी) एक्ली छोरी लक्ष्मी(नीति शाह)को विवाहका लागि ३५ जना युवकहरुको प्रतिश्पर्धा गराए । चलचित्रमा हिमेश, बुद्धि र जितुको फरक फरक कथाव्यथाबाट चलचित्र उठान गरिएको छ । मध्यान्तर अघिसम्म चलचित्र रोचक लाग्छ । मध्यान्तरपछि कथा सुस्त बन्दै गएको छ ।
दुर्वल पक्ष
तर चलचित्र ‘ज्वाईं साप’ चलचित्रजस्तो छैन । यसलाई टेलिचलचित्रभन्दा फरक पर्दैन । निर्माता विजय बस्यालले चलचित्रमा मनग्गे लगानी गरेका छैनन् । चलचित्रको प्राविधिक पक्ष कमजोर छ । चलचित्रमा कल्पनाशिलताको प्रयोग शुन्य छ । मनोरञ्जनको मसला राख्न निर्देशक राजकुमार पण्डितले बिर्सेका छन् । चलचित्रमा संगीतमार्फत रोमाञ्चक बनाइएको छैन ।
हास्य कलाकार बाहुल्य रहेको चलचित्रले खासै हँसाउन सक्दैन ।
चलचित्रको कथामा ठाँउ ठाँउमा समस्या भेटिन्छ । ज्वाईं छनौट गर्न किन हात्तीको प्रयोग गरियो ? खुलाइएको छैन । सुहागरातमा छोरी कोसँग गइन् ? अनि अन्तमामा कसरी मिलन भयो ? खुलेको छैन ।  कथाकार शंकर धितालले यो बिषयलाई महत्व दिएर चलचित्र झन् रोचक बनाउनुको सट्टा अन्यौल थपेर चलचित्रलाई कमजोर बनाएका छन् ।
चलचित्रका अर्का पात्र संन्दिप सिंह(सन्दिप क्षेत्री)को गम्भिर विषयमा वाइयात हाँसोले दर्शकलाई झिजो लाग्छ । चलचित्रमा सन्दिपको वाइवात अभिनयलाई ठाँउ दिएर निर्देशक पण्डितले गल्ती गरेका छन् ।
प्राविधिक पक्ष
चलचित्रको पोष्ट पोडक्सन एकदमै कमजोर छ । चलचित्रको दृश्यहरु सम्पादक सन्देश शाहले अध्यारो बनाएका छन् । किरण तण्डुकारको व्याकराउण्ड स्कोर मध्यम छ । गीत संगीतको प्रभाव छैन । द्वन्द्वको दृश्य नराखिएकोले भिएफएक्सको प्रभाव भेटिन्न । रेनिस फगोको रंग संयोजन राम्रो छ । छायाँकनमा खोट लगाउने ठाँउ छैन ।
सवल पक्ष
चलचित्रको आइडिया एकदमै गज्जवको छ । शंकर घितालले चलचित्रको कथा, पटकथा र संवाद एकदमै सरल र रोचक  बनाएका छन् ।  विषयबस्तु छनौटका हिसावले उनको अक्कल प्रशंसायोग्य छ । चलचित्रको कथा सलल बगेको छ । चलचित्रको मुलकथामा कुनै अलमल छैन । कथाले दर्शकमा अब के होला ? भन्ने कौतुहलता जगाउँछ ।
एउटा परिवारको सदस्य अराजक बन्दा मानिसको जीवनमा आउने सुनामीलाई चलचित्रमा पेचिलो ढंगबाट प्रस्तुत गरिएको छ । एकअर्कामा मायाप्रेम, सदभाव र सम्मान नहुँदा परिवार उजाड बन्छ भन्ने शिक्षा चलचित्रले दिएको छ । एउटा परिवार तहननहस बनाउन आफ्ना वरपरका मानिसहरुले गर्ने हर्कत चलचित्रमा चोटिलो ढंगमा प्रस्तुत गरिएको छ ।
‘ज्वाईसाहेव’ले मान्छेको जीवनमा आउने अनौठो मोडको कथा भन्छ । चलचित्रले परिवारको महत्व बुझाउँछ । धन सम्पती,ऐस आराम केही होइन । परिवारको मिलन जीवनको ज्यादै महत्वपूर्ण कुरा हो भन्ने कुरा चलचित्रले बुझाएको छ ।
चलचित्रको अन्त्य पनि रोचक छ । समाजमा रहेका विश्वास,धोका,कृपापाद,घात प्रतिघातलाई तथ्यपरक ढंगबाट प्रस्तुत गरिएको छ । परिवारभित्र विश्वासको खडल र शंका उपशंकाले निम्त्याउने अकल्पनिय परिस्थितीलाई सटिक ढंगबाट देखाइएको छ ।
स्टारकास्ट (कलाकार छनौट)
चलचित्रमा कलाकार छनौटमा कमजोरी देखिन्छ । प्रहरी अफिसरमा सन्दिप क्षेत्री र बुद्धि तामाङको अभिनयले चलचित्रलाई कुनै योगदान गरेको छैन । अभिनेत्री नीति शाह अभिनयकलामा कमजोर छँदाछँदै उनलाई चलचित्रमा छनौट गर्ने जोखिम मोलिएको छ । चलचित्रको मुख्य भूमिकामा होचो कद, भर्खर ठूलो पर्दामा ओर्लिएका, खासै चर्चा नभएका र टेलिचलचित्रमा जमेको जितु नेपाललाई छनोट गर्नु पनि उत्तिकै जोखिम थियो । चलचित्रमा हिमेश पन्तजस्तो नयाँ कलाकार, रमेश बुढाथोकी र शिशिर वाङ्दनजस्ता कलाकारले चलचित्र थेग्न सक्छन् भन्ने निर्माण पक्षले पक्कै आस गरेका थिएनन् । शिवु पाण्डे चरित्र अभिनयका लागि उपयुक्त पात्र भए पनि छोटो भूमिका र रोचक चरित्रमा उर्तान सकेको देखिदैन ।
जितु नेपाल(गोबद्र्धन) 
हास्यकलाकारको छवि बनाएका जितु नेपालले चलचित्र ‘ज्वाईं साप’मार्फत आफू राम्रो कलाकार रहेको पुष्टि गरेका छन् । उनले फरक चरित्र निर्माण गर्दै चलचित्रको कथा भन्न सरल विधि प्रयोग गरेका छन् । उनको नृत्य कमजोर छ । शरिर मात्रै हल्लाएको देख्न सकिन्छ ।
निती शाह (लक्ष्मी)
अभिनेत्री नीति शाहको अभिनय चलचित्रको पात्रको हिसावले ठिकै लागे पनि उनी ठाँउ ठाँउमा चुकेकी छिन् । उनले आफ्नो अभिनयको क्षमता प्रर्दशन गर्न फरक चरित्र निर्माण गरेकी छैनन् । यद्यपी उनले अघिल्लो चलचित्रभन्दा थप मेहनत गरेको अनुभव हुन्छ ।
रमेश बुढाथोकी (भिमसेनदास)
चलचित्रको पात्र र परिस्थितीजन्य चरित्रमा कलाकार रमेश बुढाथोकीले औसत अभिनय गरेका छन् । उनले अघिल्ला चलचित्रभन्दा फरक अभिनयशिल्प भने देखाएका छैनन् ।
बुद्धि तामाङ (भगवानबहादुर तामाङ)
चलचित्रमा कलाकार बुद्धि तामाङको सदावाहार अभिनयशैलीलाई फेरि दोहो¥याएका छन् ।
हिमेश पन्त
हास्यकलाकारको रुपमा चिनिएका हिमेश पन्तले चलचित्रमा फिटिक्कै हँसाउदैनन । उनको अभिनय पनि चर्चायोग्य छैन । फटाफट चलचित्रको संवाद बोल्नुबाहेक उनले खासै कला देखाएका छैनन् ।
शिशिर वाङ्देन
खलपात्रको छवि बनाएका कलाकार शिशिर वाङ्देनको फरक चरित्रमा अभिनय गरेका छन् । उनको संवाद बोल्ने शैली फरक र सुन्दर छ ।
अन्तमा
सानो लगानी, मिठो कथासार, नयाँ चरित्र चित्रण र उपर्युक्त कलाकार छनौटले राम्रो चलचित्र निर्माण गर्न सकिन्छ भन्ने सन्देस  ज्वाई साप निर्माण पक्षले दिएको छ । सिमित बजारका लागि असिमित लगानी र तडकभडकले नेपाली चलचित्रले बाटो बिराएको अवस्थामा ज्वाई साप मौलिक विषयबस्तुमा तुलानात्मक रुपमा राम्रो चलचित्र बनेको छ ।

 

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  १ : ३९ बजे