२१ असार २०८३, आइतबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


बंगलादेशसँग १–१ को बराबरीमा नेपाल



१४ कात्तिक । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलमा बङ्गलादेशले अग्रता बनाएलगत्तै नेपालले बराबरी गरेको छ।

दशरथ रङ्गशालामा पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफको ५२औं मिनेटमा मनिका चक्माले बंगलादेशलाई अग्रता दिलाइन्। नेपाली डिफेन्डरले गल्ती गरेपछि बङ्गलादेश फाइदा उठाएको हो।

५६औं मिनेटमा अमिषा कार्कीले बराबरी गोल गरिन्। प्रीति राईले निकालेको थ्रु बलमा गोलकिपर रूक्मा चक्मालाई बीट गर्दै बराबरी गरेकी हुन्।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ७ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।