२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सेयर बजारमा हरियाली



२६ कात्तिक । सेयर बजारमा सोमबार पनि हरियाली देखिएको छ। आज नेप्से परिसूचक २२.१४ अंक बढेर २७६०.२१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.६१ अंक बढेर ४९०.७२ विन्दुमा अडिएको छ।

यसदिन कारोबार रकममा पनि वृद्धि भएको छ। आज ११ अर्ब ३१ करोड बढि मूल्यको कारोबार भएको हो। यसदिन ३०२ स्टकको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार १२७ रुपैयाँमा कारोबार भयो।

१३ मध्ये ८ वटा समूह बढेका छन्। माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै बढेको छ। कारोबार रकमका आधारमा साहस ऊर्जा सबैभन्दा अघि छ। सो कम्पनीको ३८ करोड १७ लाखको सेयर कारोबार भयो। यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र अरुण भ्याली हाइड्रोपावर परेका छन्।
आइतबार नेप्से परिसूचक ६२.५४ अंकले बढ्दा ९ अर्ब ७७ करोड बढी मूल्यको कारोबार भएको थियो।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ३ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।