ललितखबर
२६ कार्तिक । दक्षिणी काभे्रको विहाबर क्षेत्रमा पर्ने नयाँगाँउमा गतअसोज १२ गतेको झरिले पहिरो गएपछि क्षतविक्षत बनाएको छ ।
नयाँगाँउमा जहाँ हेर्यो त्यही पहिरो देखिन्छ । यहाँका स्थानीयबासी पहिरोको बीचमा रहेको घरमा बस्न बाध्य छन् ।
गाँउभरि पहिरो गएका कारण यहाँ हिड्ने सडक छैन । खानेपानीको मुल र पाइप पुरिएको छ । विद्यादय, स्वास्थ्य चौकी पहिरोका कारण जोखिम बढेपछि बन्दछन् ।स्थानीयहरु बजार, खेतीपाती गर्न र घासपात ल्याउन समस्या रहेको बताउछन् ।
स्थानीयबासी सरकारले एककृत बस्ती निर्माणमा गरेर स्थानान्तरण गर्ने आशमा छन् । रोशी खोलाकोतीरमा सञ्चालित ढुगा खानीका कारण बस्ती बस्न अयोग्य रहेको तर्क गर्दै केही स्थानीयबासी सो जग्गा व्यावसायी खरिद गरेर बस्ती सार्नु पर्ने माग गरिरहेका छन् ।
प्रतिक्रिया