३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


काठमाडौं कमलादी सडक बाडीले विगारेको ४ महिनापछि बल्ल सुचारु,सचिवले सडकमै काटे रिवन



राणाकालमा निर्मित उक्त कलभर्ट पुरातात्विक महत्वको हुनसक्ने जनाउँदै पुरातत्व विभागले चासो देखाएको  कारण विभागसँग सहमति लिनुपर्ने प्रक्रियाले पनि निर्माणमा केही ढिलाइ भएको

काठमाडौँ
काठमाडौ इच्छुमती (टुकुचा) खोलामा ठूलो नदि होइन । यसलाई एउटा खोल्चा भन्दा पनि हुन्छ । गत साउन २३ गते राजधानीमा बाढी आएपछि सो बाढीले कमलादी सडकमा रहेको ‘कलभर्ट’ भत्कियो । मात्रै एघार मिटर उक्त कलभर्ट भत्किँएपनि चार महिनाभन्दा लामोसमय लगाएर निर्माण सम्पन्न गरिएको छ ।
काठमाडौँको व्यस्त कमलादी क्षेत्रमा ‘कलभर्ट’ भत्किएकै कारण सवारी आवागमनमा समेत समस्या भएको थियो ।

चार महिनापछि सडक निर्माण गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टको रिवन काटेर शुभारम्भ गरेका छन् । राणाकालमा निर्मित उक्त कलभर्ट पुरातात्विक महत्वको हुनसक्ने जनाउँदै पुरातत्व विभागले चासो देखाएको थियो । यसका कारण विभागसँग सहमति लिनुपर्ने प्रक्रियाले पनि निर्माणमा केही ढिलाइ भएको बताइएको छ ।
उद्घाटनपछि व्यस्त सडक भएकै कारण सडक विभागले तीव्रताका साथ सो स्थानमा काम गराएको विभागका महानिर्देशक रामहरि पोखरेलले तर्क गरे । ‘कलभर्ट’ भत्किएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राविधिकहरु परिचालन गरी विस्तृत अध्ययन गराएको थियो ।

तर कात्तिक १ गते पुरातत्व विभागले कलभर्ट निर्माणमा सहमति दिएपछि निर्माणले गति लिएको थियो । बेमौसमी बाढी, दसैँ, पुरातत्वविभागसँग सहमति लिनुपर्ने प्रक्रियालगायतका चुनौतीबीच पनि निर्धारित समयभन्दा अघिनै काम पूरा भएको जनाइएको छ ।

प्राविधिक तथा विज्ञहरुले क्षतिग्रस्त कलभर्ट रहेको खण्डमा यातायात सञ्चालनमा रोक लगाएका थिए । त्यसलगत्तै मन्त्री देवेन्द्र दाहालसहितको टोलीले उक्त स्थानको निरीक्षण गरि अविलम्ब पुननिर्माण गर्न निर्देशन दिएको थियो । गत साउन २८ गते विज्ञहरुले निरीक्षण गरी लागत अनुमान तयार पारी स्वीकृत गरिएको थियो ।

सडक डिभिजन कार्यालय काठमाडौँले गत असोज १८ गते रु ४९ लाख ६३ हजार मा उक्त कलभर्ट निर्माणका लागि डिवी कन्ट्रक्सनलाई ठेक्का दिएको थियो । तर ठेक्कालगत्तैको अविरल वर्षा र बाढीले पुनः काममा अवरोध गरेको थियो । काठमाडौँ डिभिजनका प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसके पछि मङ्सिर १७ गते सम्पन्न गर्ने गरी कात्तिक ३ गतेबाट काम सुरु भएको थियो ।

 

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  १ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।