ललितपुर
भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुम जिल्लाहरुमा शिक्षा प्रणालीको प्रतिकार्य र पुनस्र्थापनालाई सहयोग गर्न ५.१ मिलियन अमेरिकी डलरको परियोजना शुरु हुने भएको छ ।
संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास संस्था (ग्क्ब्क्ष्म्) को आर्थिक सहयोगमा संचालन हुने ̎युसएसएड शिक्षा आपतकालीन प्रतिकार्यको एक कार्यक्रमका बीच बुधवार ललितपुरमा आयोजित एक कार्यक्रममा शुभारम्भ गरिएको छ ।
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लाहरूमा शिक्षा प्रणालीको पुर्नस्थापना र पुर्ननिर्माण सहयोग गर्ने उद्देश्य राखेको यो परियोजना भूकम्प प्रविधि राष्ट्रिय समाज – नेपाल (एनसेट) ले कार्यान्यवन गर्नेछ ।
शुभारम्भ कार्यक्रममा बोल्दै युएसआइडि की मिशन निर्देशक केटी डोनोहोले २०२३ जाजरकोट भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुमका विद्यालयहरुको भौतिक संरचनहरुमा व्यापक क्षति पुगेकाले यो परियोजनाले शिक्षा आपतकालीन प्रतिकार्य, पुर्नस्थापना र समुदायको विपद् प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग गर्ने बताइन ।
शुभारम्भ कार्यक्रममा शिक्षा, विज्ञान, र प्रविधि मन्त्रालयका सहसचिव श्री शिवकुमार सापकोटाले जाजरकोट र पश्चिम रुकुमका बालबालिका सिकाइ सुविधाको अभाव रहेको सन्दर्भमा यो परियोजनाले अस्थायी सिकाइ केन्द्र निर्माण लगायतका गर्नु प्रशंशनिय भएको बताए ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक श्री चन्द्रकान्त भुसालले यो परियोजनाले नेपाल सरकारले लागू गरेको आपतकालीन अवस्थामा पनि बालबालिकाको सिकाइ निरन्तरता सुनिश्चित गर्नु उद्देश्य रहेको विद्यालय शिक्षा क्षेत्र कार्यक्रम (एसपीए) को मुख्य मान्यताहरू अनुरुप कार्यान्वयन गनुपर्र्ने सुझाव दिए ।
कार्यक्रममा एनसेटका अध्यक्ष डा. अमोदमणि दीक्षितले स्थायी भवन निर्माण गर्न केही वर्ष लाग्न सक्ने भएकाले यो परियोजना मार्फत अस्थायी सिकाइ केन्द्रहरूको स्थापना गर्न खोजोको बताए ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उप महानिर्देशक श्री महेन्द्र पराजुलीले यो परियोजनाले भूकम्प प्रभावित क्षेत्रमा शिक्षा प्रणालीको पुनर्स्थापना र पुनःस्थापनामा योगदान पु¥याउँदै शिक्षा क्षेत्रको दीर्घकालीन प्रतिरोधात्मक क्षमता निर्माणमा मद्दत गर्ने विश्वास व्यक्त गरे।
यसैबीच शिक्षा तथा मानव स्रोत विकास केन्द्र, केन्द्रीय तह कार्यक्रम कार्यान्वयन इकाई (शिक्षा) र भूकम्प प्रविधि राष्ट्रिय समाज – नेपाल (एनसेट) बीच सो परियोजना कार्यान्वयन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर पनि गरिएको थियो ।
यो परियोजनाले भूकम्पबाट क्षति पुगेका जाजरकोट र पश्चिम रुकुमका १३ गाउँ तथा नगरपालिकाहरुका विद्यालयहरुमा शौचालय र हात धुने स्टेशन सहितको दुई कोठे ५०० अस्थायी सिकाइ केन्द्रहरु (टाइप २) निर्माण गर्ने, बिद्यालय, शिक्षक, समुदाय तथा गाउँ तथा नगरपालिकाहरुका शिक्षा क्षेत्रका रोकारवालाहरुको क्षमता अभिबृद्धि तालिमहरु संचालन गर्नुका साथै नेपाल सरकारको मापदण्डमा आधारित शिक्षण सामग्रीहरु विद्यालयहरुलाई उपलब्ध गराउनेछ ।
प्रतिक्रिया