५ फाल्गुन २०८१, सोमबार | Tue Feb 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


राजधानीमा एकै दिन तीन जना मृत फेला



काठमाडौं
राजधानी काठमाडौंमा विहीबार एकै दिन तीन जना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार राजधानीको चापागाँउ, मनमैज र कोटेश्वरमा एक एक जना मृत अवस्थामा फेला परेका हुन् ।

तारकेश्‍वर नगरपालिका–१० मनमैजु डेरा गरी बस्ने सिराहा बरियारपट्टी गाउँपालिका–२ घर भएका ५० वर्षीय किशन कुमार राय आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित मुनिभैरव मन्दिर नजिकै खाल्डोमा हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर गोदावरी नगरपालिका–१० चापागाँउ टाखेल बस्ने ५२ वर्षीय जितु पण्डित आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

तीन वटै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ९ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।