५ फाल्गुन २०८१, सोमबार | Tue Feb 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


गोदावरी रंगशालामा उपत्यकाव्यापी फुटवल प्रतियोगिता हुँदै



चापागाँउ
ललितपुरको चापागाँउस्थित गोदावरी रंगशालामा उपत्यकाव्यापी फुटवल प्रतियोगिता आयोजना हुने भएको छ ।
नगरपालिकाका अनुसार यही चैत्र ९ गतेबाट १३ गतेसम्म उपत्यकाव्यापी अन्तरनगरपालिकास्तरिय मेयरकप फुटवल प्रतियोगिता हुने भएको हो । अघिल्लो बर्ष पहिलो उपत्यकाव्यापी फुटवल प्रतियोगिता सम्पन्न गरेको नगरपालिकाले यस बर्ष उपधि जित्ने टिमलाई ५ लाख पुरस्कार समेत दिने घोषणा गरेको छ । प्रतियोगिताको उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछ ।
झ्यालुण्टार सामुदायिक वन क्षेत्रमा केन्द्र सरकारको अनुमती नलिई निर्माण गरिएको सो रंगशालामामा गतबर्ष खेल खेलाउन कठीन भएपछि च्यासल रंगशालामा फाइनल खेल खेलाइएको थियो ।
भर्खरै मन्त्रीपरिषद बैठकबाट रंगशाला निर्माणका लागि नगरपालिकालाई जग्गा दिने औपचारिक निर्णय गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।