काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ४ दशमलव ४५ अङ्कले घटेर २७११ दशमलव ४५ को विन्दुमा पुगेको छ ।
बुधबार ३०९ कम्पनीका ९० हजार ७५२ पटकको कारोबारमा १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ९५ करोड ८० लाख ७ हजार ३०५ रुपैयाँ रहेको छ ।
११३ कम्पनीको सेयर मूल्य बढ्दा १२२ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । आज नेपाल रिइन्स्योरेन्स कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।
प्रतिक्रिया