काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । नेप्से परिसूचक ११.९१ अंक बढेर २७३९.८२ विन्दुमा पुगेको छ।
बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ४ करोडको कारोबार भएकोमा आज १० अर्ब ४३ करोडको भयो । आज १३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ।
८७ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने ८ को स्थिर रहेको छ । आज सेन्सेटिभ इण्डेक्स ०.१७ अंक र फ्लोट इण्डेक्स ०.४२ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ।
आज बैंकिङ ०.२२, लगानी १.२४, जीवन बीमा १.७४, निर्जीवन बीमा ०.३० र व्यापार समूह ०.४१ प्रतिशत बढे । विकास बैंक सेक्टर सबैभन्दा धेरै १.७४ प्रतिशत घट्यो । फाइनान्स १.५, होटल तथा पर्यटन १.०४, हाइड्रोपावर ०.१३, उत्पादन ०.०६, माइक्रोफाइनान्स ०.७९ प्रतिशत घटेका छन् ।
आज ४ कम्पनीको मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशत बढेको हो ।
यस्तै, आज सप्तकोशी डेभलपमेन्ट बैंक र १०.२५ प्रतिशत केबिएल डिबेन्चर २०८६ को मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, पिपुल्स हाइड्रोपावर र सीईडीबी होल्डिङ्स शिर्ष स्थानमा रहेका छन् ।
प्रतिक्रिया