४ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


एमसीसी परियोजना स्थगित 



काठमाडौं । नेपालमा सञ्चालित अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) का सबै कार्यक्रम स्थगित भएको छ । अर्थ मन्त्रालयले मंगलबार सूचना जारी गरी एमसीसीका सबै परियोजना स्थगित भएको जनाएको छ ।

नेपाल र एमसीसीबीच २९ भदौ २०७४ मा सम्झौता भई परियोजना कार्यान्वयनको प्रक्रिया अघि बढेको थियो । सम्झौताअनुसार एमसीसीमार्फत नेपालमा प्रसारण लाइन र सडक निर्माणका काम अघि बढेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरीमा जारी गरेको कार्यकारी आदेशअनुसार एमसीसीबाट हुने भुक्तानीसहितका सबै गतिविधि ९० दिनका लागि स्थगित गरिएको अर्थ मन्त्रालयले जनाएको छ । एमसीसीले अर्थ मन्त्रालयलाई पत्राचार गरी ९० दिनका लागि परियोजना स्थगित भएको जानकारी गराएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ८ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।