काठमाडौँ
जनकपुरबाट आएको बुद्ध एयरको एउटा विमान पाङ्ग्रा बिना नै काठमाडौँमा सकुशल अवतरण गरेको छ ।
विमानकाृ पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ
आज अपराह्न जनकपुरबाट काठमाडौँका लागि आएको उक्त विमानको अगाडिका दुईमध्ये एक पाङ्ग्रा बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुसल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिएका छन् ।
महाप्रबन्धक निरौलाले भने, “एक पाङ्ग्रा नहुँदा पनि जहाज सकुसल अवतरण भएको छ ।”
उनले यो खासै ठूलो समस्या नभएको तर्क गरेका छन् ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाडौँ उडान नं ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाडौँमा सुरक्षित अवतरण गरेको बताएका छन् । “जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाजलाई प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको छ”, उनले भने ।
प्रतिक्रिया