८ चैत्र २०८१, शनिबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


माघमा भित्रियो १ खर्ब ३७ अर्ब रेमिट्यान्स



काठमाडौं । माघ महिनामा नेपालमा १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। पुस मसान्तसम्ममा ७ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा रेमिट्यान्स ७.३ प्रतिशतले बढेको छ। गत वर्षको यसै अवधिमा नेपालमा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

गत आर्थिक वर्ष बढी रेमिट्यान्स आएकाले यस वर्षको वृद्धिदरमा कमी देखिएको राष्ट्र बैंकको तथ्यांकबाट देखिन्छ। गत वर्षको पुस मसान्तसम्ममा ७ खर्ब ३३ अर्ब रुपैयाँ रेमिट्यान्स आएकोमा यस वर्षको सोही अवधिमा ७ खर्ब ६३ अर्ब रुपैयाँ भित्रिएको थियो। जसले गर्दा पुस मसान्तमा रेमिट्यान्स ४.१ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम स्वीकृत लिने नेपालीको संख्या २ लाख ७४ हजार रहेको छ भने बिदामा नेपाल आएर पुन: श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा श्रम स्वीकृति १ लाख ९० हजार र पुन: श्रम स्वीकृति लिनेको संख्या १ लाख ५७ हजार रहेको थियो।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १० : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।