२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपाल नामिबियासँग पराजित



काठमाडौं । वुमन्स डे कपमा नेपाल नामिबियासँग पराजित भएको छ। युगान्डामा जारी खेलमा नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ५ विकेट गुमाएर१०२ रनमा समेटियो ।

नेपालका लाागि ओपनर साना प्रवीनले सर्वाधिक ३१ रन,पूजा महतो, कविता जोशी १७ र कप्तान इन्दु बर्माले समान १५ रन जोडे। यो हारसँगै नेपालको फाइनल खेल्ने सम्भावना कमजोर बनेको छ। चार टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

यस अघि टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो । नामिबियाका लागि यासमीन खानले सर्वाधिक ४५ रन जोडिन् । सुने विटम्यानले १५, विल्का मवाती २० रन रअर्रास्टा डायरगार्डले १६ रन बाहेक अरुले दोहोरो रन जोड्न सकेनन् । नेपालका लागि इश्वरी विष्टले सर्वाधिक ३ विकेट लिइन् भने रचना चौधरीले २ र रिया शर्मा र इन्दु वर्माले समान १-१ विकेट लिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ५ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।