१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


अधिकांश बैंकको वैशाखका लागि ब्याजदर स्थिर



काठमाडौं । अधिकांश बैंकहरुले वैशाख महिनाका लागि ब्याजदर स्थिर राखेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले भोलि २०८२ वैशाख महिनाका लागि लागू हुने बैंक ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार वैशाखका लागि २० वाणिज्य बैंकमध्ये ३ वटाले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने एउटा बैंकले बढाएको छ । बाँकी १६ बैंकले चैत महिनाकै ब्याजदरलाई वैशाखमा पनि यथावत् राख्नेका छन् ।

कुन बैंककाे ब्याजदर कति?

बैंक माघ फागुन चैत बैशाख
नबिल ५.७५ ५.७५ ५.७५ ५.७५
नेपाल इन्भेष्टमेन्ट मेगा ६.५ ६.५ ६.५ ६.५
माछापुच्छ्रे ६ ६ ६.५ ६.५
हिमालयन ६.२५ ६.२५ ५.५० ५.५०
नेपाल एसबिआई ५.५ ५.५ ५.५ ५.५
एभरेष्ट ६ ६ ६ ६.६१
एनआईसी एसिया ६.६ ६.६ ६.६ ६.६
स्ट्यान्डर्ड चार्टर्ड ६.२५ ६.२५ ६.२५ ६.२५
लक्ष्मी सनराइज ५.७५ ५.७५ ५.७५ ५.७५
कुमारी ६.०१ ६.०१ ६.०१ ५.९२
सिद्धार्थ ६ ६ ६ ६
सानिमा ६.०५ ६.०५ ६.०५ ५.९५
एनएमबि ६.६ ६.६ ६.६ ६.६
प्रभु ६.१ ६.१ ६.१ ६.१
ग्लोबल आइएमई ५.७५ ६ ६ ६
सिटिजन ५.६५ ५.६५ ५.६५ ५.६५
प्राइम कमर्सियल ६.२५ ६.२५ ६.२५ ६.२५
कृषि विकास ५.५१ ५.५१ ५.५१ ५.५१
नेपाल बैंक ५.६ ५.६ ५.५ ५.१५
राष्ट्रिय वाणिज्य बैंक ६ ६ ६ ६

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  १ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।