ललितपुर
गोदावरी मेयर कपको फाइनलमा काठमाडौं नगरपालिकाले गोदावरी नगरपालिकाको टिमसँग खेल्ने भएको छ ।
आज चापागाँउ टाहाखेलस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा भएको खेलमा दक्षिणकाली नगरपालिकालाई हराउँदै गोदावरी नगरपालिका जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको फाइनलमा पुगेको छ ।
गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन बुधबार सम्पन्न दोस्रो सेमिफाइनलको खेलमा दक्षिणकालीलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले हराउँदै गोदावरीले काठमाडौं महानगरपालिकासँगको भेट पक्का गरेको हो ।
आगामी जेठ २ गते हुने फाइनलमा काठमाडौंले गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।
गोदावरी मेयर कपमा काठमाडौ उपत्यकामा रहेका २१ पालिकामध्ये काठमाडौं जिल्लाबाट ६ , ललितपुरबाट ५ र भक्तपुरबाट २ पालिकाको सहभागिता रहेको छ ।
प्रतिक्रिया