१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


साँगे सभ्यतालाई समेटेर तयार पारिएको ‘साँगे दर्पण’ लोकार्पण



 

काठमाडौं
साँगे सभ्यता संरक्षण तथा विकास अभियानद्धारा प्रकाशित साँगे दर्पण पुस्तक लोकार्पण गरिएको छ ।

शनिवार काठमाडौं सोह्रखुट्टे स्थित लेखनाथ साहित्य सदनमा एक कार्यक्रमको आयोजना गरी पुस्तक लोकार्पण गरिएको हो ।

तनहुँस्थित साँगे उपत्यकाको मौलिक सभ्यतालाई उजागर गर्न तथा विकास गतिविधिमा सघाउ पुगोस् र यसले भावी पुस्ताका लागि समेत मार्गदर्शन दिलाउन सकोस् भन्ने उदेश्य राखेर खोजमूलक सन्दर्भ सामाग्री पुस्तकमा समेटेर गरिएको सम्पादक एवं अभियानका महासचिव सरोज ओझाले जानकारी दिएका छन् ।

साँगे क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याउने अग्रज व्यक्तित्व नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा, विशेष अदालतका पूर्व न्यायधिस कृष्णबल्लभ काफ्ले, पूर्व न्यायधिस एवं काठमाण्डौं विश्वविद्यालय, कानुन संकायका डिन डा ऋषिकेश वाग्ले, स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा.रघुराज काफ्ले, नेपाल सरकारका पूर्व सहसचिव ई. माधवप्रसाद ओझा, बरिष्ठ अधिवक्ता प्राध्यापक डा। गान्धी पण्डित, रेडियो नेपालका पूर्व नायब कार्यकारी निर्देशक ई। श्रीभद्र वाग्ले, पूर्व प्रदेश सचिव ई। शंकर पण्डित, अग्रज एवं कृषक केदारनाथ वाग्ले, उद्योगपति एवम समाजसेवी पशुपति न्यौपाने, सामाजिक एवं राजनीतिक व्यक्तित्व बाबुराम भण्डारी, शिक्षासेवी एवं साहित्यिक व्यक्तित्व माधवप्रसाद भारद्धाज, कृषि विज्ञ दीपेन्द्रकेशरी न्यौपाने, चलचित्र पत्रकार एवं समिक्षक यज्ञस पण्डित, सामाजिक एवं राजनीतिक व्यक्तित्व भूवनेश्वरी पण्डित अधिकारी, अग्रज महिला सरस्वती न्यौपाने, पूर्व उपसचिव दामोदर भण्डारीलाई साँगे गौरव सम्मान र दाता मध्ये बालदिवस पण्डितलाई साँगे दर्पण सर्वोकृष्ट दाता सम्मान, गोविन्दराज वाग्लेलाई साँगे दर्पण उकृष्ट दाता सम्मान र बलबिक्रम शाहीलाई साँगे दर्पण दाता सम्मानबाट विभुषित गरियो ।

समारोहमा बोल्दै पूर्व सचिव पुरुषोत्तम ओझाले साँगे क्षेत्रको ऐतिहासिक, सामाजिक र सांस्कृतिक विशेषताहरू दस्तावेजीकरण गर्नु समय सान्दर्भिक कार्य भएको उल्लेख गरेका छन् ।

समालोचक एवं प्राध्यापक दीनदयाल रेग्मी खोजमूलक रुपमा आएकाले पुस्तक संग्रहनीय र पठनीय दुवै रहेको धारणा राखेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार  ८ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।