१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सूर्यविनायक नगरद्वारा बागमती मेयर कप कराँते प्रतियोगिताको उपाधि कव्जा



 

भक्तपुर

सूर्यविनायक नगरपालिकाद्वारा बागमती मेयर कप कराँते प्रतियोगिताको उपाधि कव्जा गरेको छ ।

बागमती प्रदेशका १३ जिल्लाका १५ स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता–२०८१ मा सूर्यविनायक नगरपालिकाले पाँच स्वर्ण र एक रजत पदक जित्दै समग्र उपाधि हात पार्न सफल भएको हो ।

प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले तीन स्वर्ण, एक रजत र तीन कांस्य सहित सात पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ भने काठमाडौँ महानगरपालिकाले दुई स्वर्ण, एक रजत र पाँच कांस्य सहित तेस्रो स्थानमा चित्त बुझायो।

पुरुष तर्फ गोदावरी नगरपालिकाका राज व्लोन र महिला तर्फ साँगाचोकगढी नगरपालिकाकी आशिका तामाङ उत्कृष्ट खेलाडी भएको सितोरियो करातेका प्रशिक्षक सचितानन्द बनेपालीले जानकारी दिएका छन् ।

प्रतियोगिता सूर्यविनायक नगर सितोरियो कराँते सङ्घ को आयोजनामा र सूर्यविनायक नगरपालिकाको विशेष प्रायोजनमा भक्तपुरमा जेठ ९ र १० गते सम्पन्न भएको हो।
समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रममा सूर्यविनायक मेयर वासुदेव थापा, सूर्यविनायक नगरापालिका वडा नं। २ का अध्यक्ष प्रदीप कार्की र वडा नं. ९ का अध्यक्ष भगवान् खत्रीको सहभागिता थियो ।

विजेता खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र र विजेता टिमलाई ट्रफिले सम्मान गरेका थिए । मेडल र ट्रफि वितरण गदै सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले खेलको विकास गर्न सके मात्र समुन्नत नगर विकास गर्न सकिने बताउनुभएका छन् । मेयर थापाले अव को विश्व विजय भनेको केवल हाम्रा खेलाडीले गर्न सक्ने बताउँदै यसका लागि सबैले खेल क्षेत्रको विकासमा जोड दिनु पर्ने उनको जोड थियो ।

कार्यक्रम संयोजक तथा भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीका अनुसार प्रतियोगितामा १२० पुरुष र ९० महिला खेलाडी गरी २१० खेलाडी सहभागी थिए। सहभागी नगरपालिकाहरूमा मध्यपुरथिमी, चाँगुनारायण, बनेपा, पाँचखाल, काठमाडौँ, बुढानीलकण्ठ, गोदावरी, गोकर्णेश्वर, बागमती गाउँपालिका, टोखा, साँगाचोकगढी, पनौती, धुलिखेल लगायतका पालिकाहरूको सहभागिता रहकोको थियो ।

कार्यक्रममा कराँते खेलको विकासमा विशेष योगदान पुर्याउने खेल प्रशिक्षक, व्यवस्थापक, तथा सङ्घ प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो। प्रतियोगिताका चिफ रेफ्री प्रकाशमोहन धौवडेल रहनुभएको थियो । सूर्यविनायक नगरपालिकाको अग्रसरता, खेल संघको सशक्त व्यवस्थापन र खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले कराते खेलको विकासमा एक महत्वपूर्ण कदमको रुपमा प्रतियोगिता स्थापित भएको सहभागीहरूको भनाइ छ।

 

(

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार  ९ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।